दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश 

काठमाडौं । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश हुनुभएको छ ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो ।

प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।

राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गर्नुभएको थियो । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहनुभएको छ । यस्तै फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ ।

यता, पुरुष तर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ३८ बजे