यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पाकिस्तानमा अस्पताल भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि

इस्लामावाद ।  पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

राष्ट्रिय स्वास्थ्य संस्था (एनआइएच) इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

 सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ । 

सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : ५५ बजे