यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

जी- ७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

न्युयोर्क । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रूपमा मङ्गलवार घोषणा हुने जनाइएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा भन्नुभएको छ, “एकसाथ जी— ७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौँ ।”,  जी ७ समूहका सदस्य राष्ट्रले अर्बौँ डलर बराबरको सुन निर्यात गर्छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रुसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गर्नुभएको छ।

पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उहाँले आरोप लगाउनुभयो। उहाँले युक्रेनी र रुसी जनता दुवैको खर्चमा आफ्नो अहङ्कार प्रदर्शन गरेको समेत बताउनुभयो ।एजेन्सी

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : २१ बजे