दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

  २७ किलो लागु औषध गाँजासहित दुई युवक पक्राउ

सिराहा । सिराहा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्लाको धनगढीमाई नपा १४ हात्ती ढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजासहित ३४ वर्षीय राम सागर साह र गोल बजार नपा १ मुक्सारका ३० वर्षीय चङ्खु सदायलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरू सवार स.३ प.७७९६ नम्बरको मोटरसाइकल शङ्का लागि रोकी चेकजाँच दुई वटा सेतो बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

उनीहरूलाई सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उदयपुरको सीमा क्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नगरपालिकाको बाटो हुँदै तस्करहरूले भारतसम्म पुर्‍याउने गरेको बताइन्छ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ४८ बजे