तीन प्रदेशमा वर्षाको सम्भावना

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ – बुढीगंगा गाउँपालिका-४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ बस्ने ६९ वर्षीय मंगल रामको आइतबार साँझ मृत्यु भएको छ ।

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ३० बजे