‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीले जे बोल्नुहुन्छ त्यो पुरा गर्नुहुन्छ : मेयर शाक्य 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्नुहुन्छ त्यो पुरा गर्ने बानी भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजना मध्ये मेलम्ची खानेपानीको विधिवत उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो,–‘लामो समयदेखि सरकारको नेतृत्वमा धेरै अनुहारहरु आए मैले पनि मेलम्चीको पानी आउछ भन्ने पटक पटक सुन्दै आए तर आज बोल्ने मात्रै होइन प्रधानमन्त्रीले यो सपना पुरा गरिदिनुभएको छ ।’ उहाँले  मेलम्ची आउछ भन्ने आश्वासन बल्ल अनुभुति गर्न पाईएको बताउनुभयो । उपत्यकाबासीको खानेपानीको हाहाकारमा भोग्नुपरेको समस्यालाई सम्झिदै उहाँले अब काठमाडौंमा पानीको अभाव भोग्नुनपर्ने बताउनुभयो । 

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ । जुन पानी पिउन योग्य रहेको सरकारले बताएको छ । काठमाडौं उपत्यकाका सर्वसाधारणले भने आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ३ : २१ बजे