लगातार वर्षाले पोखरामा सडकसँगै घर भासियो

कास्की। लगातारको  भारी वर्षाका कारण पोखरा महानगरपालिका–४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १० मिटर भासिएको हो । 

सडक वारी र पारी गरेर पूर्णरुपमा भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनुभयो । बाटोसँगै जोडिएको घरको बाहिरी भाग सकुशल रहेको तर, घरको भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको उहाँले बताउनुभयो ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । 

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : २४ बजे