डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

नेकपा एसबाट नयाँ मन्त्रीको सूँचि तयार,मेटमणि र जीवनराम आउट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा वहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले भाँडभैलो भइरहेको छ । 

योसँगै एकीकृत समाजवादीका मन्त्रीहरूले नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पार्नुभएको छ । 

यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची उहाँहरुले प्रस्ताव गर्नुभउको हो । उहाँहरुले तयार पारेको नयाँ लिस्टमा मेटमणी चौधरी र जीवनराम श्रेष्ठको नाम समावेश छैन ।

उहाँहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गर्नुभएको छ । 

पार्टीको सचिवालयले तीन हप्ताअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको थियो । पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री रहनभएका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राख्नुभएको छ । 

यसअघि उहाँहरूले बजेट पास नहुन्जेलसम्म मन्त्री पद नछाड्ने अडान राख्नुभएको थियो । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ०७ बजे