यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

विदेशी मुद्रा संचय गर्नेमा चीन १७ वर्षदेखि विश्वको पहिलो स्थानमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचारप्रसार विभागले २३ तारिख “चीनका बितेका १० वर्ष” शीर्षकको श्रृंखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयता बैकिङ क्षेत्रको सुधार र विकास अवस्थाबारे जानकारी दिएको छ। 

राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन व्युरोका उपप्रमुख वाङ छुन यिङका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयताका १० वर्षमा विदेशी मुद्राको संचय सुरक्षित रूपमा प्रचलित र बृद्धि हुँदै आएको छ। चीनको विशेषतायुक्त विदेशी मुद्रा संचयको अनुगमन व्यवस्था पनि निरन्तर रूपमा सुधारिँदै आएको छ।

उहाँका अनुसार, बितेका ३र४ वर्षयता विदेशी मुद्राको संचयले ३० खर्ब अमेरिकी डलरभन्दा बढी परिधिलाई कायम राख्दै आएको छ भने चालु वर्षको मे महिनाको अन्त्यमा ३१ खर्ब अमेरिकी डलरभन्दा नाघेकाले लगातार १७ वर्षसम्म विश्वको पहिलो स्थानमा रहँदै आएको देखिन्छ। जुन देशको आर्थिक र बैकिङ सुरक्षाको महत्वपूर्ण साधन नै हो।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ३१ बजे