डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पोखराका ठाउँ ठाउँमा पहिरो र डुबान, सुईखेतमा डेढ सय घर डुबे, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पोखरा । अविरल वर्षासँगै पोखराका ठाउँ ठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा परेको छ । 

शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढ सय घर डुबेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो । बस्तीसँगै व्यावसायिक फार्महरूमा पूर्ण क्षति भएको उहाँको भनाई छ । 

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोला खेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ४७ बजे