तीन प्रदेशमा वर्षाको सम्भावना

छाडा चौपायाका कारण दुर्घटना, एक जनाको मृत्यु

सप्तरी । कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा छाडा पशुका कारण भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

बिहीबार राति पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–४४ प ६१० नम्बरको मोटरसाइकल सडकमा बसिरहेको गोरुमा ठोकिएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना७ख २५२२ नम्बरको टिपरमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक विराटनगर उपमहानगरपालिकाका ५० वर्षीय युवराजप्रसाद खतिवडा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी रामकुमार यादवले जानकारी दिनुभयो।

उनले भने, मोटरसाइकलको पछाडि बसेका ४७ वर्षीय गौतम महतोको उपचार भइरहेको छ । टिपर चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
 
दुर्घटनाको मुख्य कारण छाडा चौपाया भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ५९ बजे