डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको बताउनुभएको छ । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गरेको बताउनुभउको हो । राज्यशक्तिको दुरुपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको अध्यक्ष ओलीको भनाई छ ।  

‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु । पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरुपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ,’ ओलीले भन्नुभयो, ‘यसपटक त्यो तहसम्म पुगेको छ ।’    
 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ३५ बजे