तीन प्रदेशमा वर्षाको सम्भावना

एमाले झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि बम नभएको पुष्टि

झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । 

उहाँका अनुसार खाली कुकरलाई बाहिरबाट भित्रैसम्म विद्युतीय वाइरिङ तारले बेरिएको थियो । अध्यक्ष कार्कीको घर अगाडि आज बिहान ५ः३० बजेतिर शङ्कास्पद वस्तु राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएपछि सेनाको टोली घटनास्थलबाट फर्किसकेको छ । अध्यक्ष कार्की संविधानसभा सदस्यसमेत हुनुहुन्छ भने उहाँका सहोदर भाई हिक्मत कार्की प्रदेश नं १ का निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्छ । 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ३६ बजे