दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

झापामा एमाले नेता कार्कीको घर अगाडी शङ्कास्पद बस्तु फेला

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीको  गौरादहस्थित घर अगाडी शङ्कास्पद बस्तु फेला परेको छ । 

कार्कीको घरको गेट अगाडी कुकरमा तार जोडेर छोडिएको छ । स्थानीयवासीले कुकर बम भने पनि बम हो कि होइन भन्ने कुराको पुष्टि भई नसकेको कार्कीले बताउनुभयो ।बिहान साढे ५ बजेतिर उक्त बस्तु देखिएको उहाँले बताउनुभयो ।

उहाँले शङ्कास्पद बस्तु के हो भनेर पहिचान गर्न र निस्तेज पार्नका लागि नेपाली सेनाको टोली आउँदै गरेको पनि जानकारी दिनुभयो । 

कार्कीका दाजु दीपक कार्की एमाले झापाका अध्यक्ष हुनुहुन्छ । उहाँहरू एउटै घरमा बस्नुहुन्छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : २४ बजे