७५३ पालिकाले आज आगामी आर्थिक वर्ष  २०७९/८० को बजेट ल्याउँदै 

काठमाडौँ । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष  २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । सङ्घीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।

जेठ १५ गते सङ्घीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, एकाधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ४७ बजे