डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा , सावधानी अपनाउन आह्वान

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । 

 

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ४१ बजे