डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रदेश १, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा आज वर्षाको सम्भावना

काठमाडौँ । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

शनिवार प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ असार १० गते (शुक्रवार)
दिउँसो :
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै बाकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार ११ गते (शनिवार)
दिउँसो:
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्यदेखि पुर्ण बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार १२ गते (आइतबार)
दिउँसो:
देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ ।  देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

​​राती : देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : २७ बजे