सबै न्यायाधीशमाथि छानबिन गर्न वकिलहरुको माग

​​​​​​​काठमाडौँ । वकिलहरुको एक समूहले न्यायपालिकामा मौलाएको भ्रष्टाचार नियन्त्रण गरी दोषीमाथि कारबाही गर्न शक्तिशाली छानबिन आयोग गठनको  माग गरेको छ ।  

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन घुसको लेनदेन भएको अडियो सार्वजनिक भएपछि वकिलहरुले सर्वोच्चका पूर्वन्यायाधीशसहित सबै न्यायाधीशमाथि छानबिनको माग गरेका हुन्।

पछिल्लो अडियो प्रकरणले न्याय खरिद बिक्री हुने गरेको तथ्य उजागर गरेको  भन्दै उनीहरुले सबै न्याधिसहरुमाथि छानबिन हुनु पर्ने माग राख्दै 
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई  ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ‘अब तपाईँको नेतृत्वमा श्री सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश लगायत सबै न्यायाधीशको सम्पति छानबिन गरी दोषीमाथि कार्यबाही गर्न र बिचौलियाको रुपमा काम गर्ने कानून ब्यबसायी लगायतका व्यक्तिमाथि छानबिन गरी कार्यबाही गर्न एक शक्तिशाली, निष्पक्ष र विश्वसनीय आयोग बनाउने दिशामा कार्य होस् भनी हामीअनुरोध गर्दछौँ। श्री सर्बोच्च अदालतको फूल कोर्टले निर्णय गरेर वा यसै ज्ञापनपत्रलाई सार्बजनिक सरोकारको मुद्धाको रुपमा ग्रहण गरेर वा न्यायपरिषद ऐन अन्तर्गत समेत यस किसिमको आयोग गठन गर्न सकिने तर्फ सम्माननीयज्यूको ध्यान जाओश भन्ने पनि हामी अनुरोध गर्न चाहन्छौं।’

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ४५ बजे