काठमाडौं – नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।
प्रमुख सचेतक देवेन्द्र दाहालका अनुसार केही समसामयिक विषयमा कुरा राख्नु पर्ने भएकोले आफूहरु बालकोट आएको बताउनुभयो । आफूहरुको टिममा एमाले संसदीय दलका नेता खिमलाल भट्राई सहति ११ जना साँसद रहेको दाहालले जानकारी दिनुभयो । स्रोतका अनुसार अध्यक्ष ओलीले बोलाएर सँसदहरु बालकोट पुगेका हुन् ।
यसबाहेक राष्ट्रिय राजनीतिबारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।
प्रकाशित मिति : ९ असार २०७९, बिहिबार ५ : ३३ बजे
प्रतिक्रिया