डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

स्वतन्त्र निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तह निर्वाचनमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित  शेख जमालुद्दिन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर वडाध्यक्ष जमालुद्दिनले पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा एमाले नेता प्रभु साह, मधेश प्रदेश कमिटी उपसचिव आरती भण्डारीलगायत नेताहरुको उपस्थिति रहेको थियो ।

जमालुद्दिन ६२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुँदा नेकपा एसका आलम बक्सिसले ५६८ मत पाएका थिए ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ३ : ३४ बजे