रामायण सर्किटअन्तर्गत  दिल्लीबाट जनकपुर आइपुग्यो भारतीय रेल

जनकपुरधाम । रामायण सर्किटअन्तर्गत भारतीय रेल्वेले सुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको छ।  

१८ दिनको यात्राअन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल’ बिहीबार नेपालको जनकपुरधाम स्टेशनमा आइपुगेको हो । रेल करिब पौने दुई बजे आई पुगेको हो।

मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे खुलेको थियो।

बिहीबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तिर्थयात्रुलाई स्वागत गर्नका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दाससहित स्थानीयहरु स्टेशन पुग्नुभएको थियो । 
जनकपुरधाम आइपुग्नुभएका तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नुहुनेछ । 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : २४ बजे