साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रतीक्षित मेलम्ची खानेपानीको राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्नुहुँदै (तस्विरहरु)

काठमाडौं ।  बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भए पनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले अबको केहि बेरमा गर्नुहुँदैछ।

राष्ट्रपति  भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर मेलम्ची खानेपानी आयोजनाको पानी उद्घाटन गदैहुनुहुन्छ । 

खानेपानी आयोजनाको पानी उद्घाटनका लागि यतिबेला काठमाडौंको भृकुटीमण्डपममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगायत उच्च ओहोदाका व्यक्तिहरुको सहभागिता रहेको छ । 

तस्विर :आशिष पौडेल/चक्रपथ

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  २ : ३४ बजे