तीन प्रदेशमा वर्षाको सम्भावना

ह्विलचियर पाएपछि अपाङ्गता भएकाहरूले यस्ता देखे सपना

महोत्तरी । जन्मजात अपाङ्गता भएका बर्दिवास–४ का दिलबहादुर राई ह्विलचियर पाएपछि निकै खुशी देखिनुहुन्थ्यो । अब दैनिकी केही सहज होलाकी भन्ने आश उहाँको अनुहारमा प्रष्ट देखिन्थ्यो । उहाँ न सुन्न सक्नुहुन्छ न त हिँडडुल नै गर्न । वरपर गर्न समेत अरुको पूर्ण साहारा अवश्यक पथ्र्यो । 

गौरिवास–काठमाडौं समाज र उपकार सेवा नेपालले दिलबहादुरलाई बुधरबार घरमै पुगेर ह्विलचियर प्रदान गरेपछि उहाँ दङ्ग हुनुहन्छ । अब घर वरपर आवतजावत गर्न अर्काको भर नपर्ने उहाँ बताउनुहुन्छ । आर्थिक रुपमा निक्कै कमजोर राईले गियरसहितको ह्विलचियर पाएपछि निकैबेर सुमसुम्याए र फटाफट चढेर हिँड्नुभयो। गौरीवास–काठमाडौं समाजको सक्रियतामा उहाँजस्तैं १० जनाले ह्विलचियर पाउनुभएको छ । 

बर्दिबास–५ का प्रनिल गौतमले ह्विलचियर पाएपछि टाढा टाढासम्म घुम्न जाने सपना पूरा हुने अवस्थामा आएको बताउनुभयो । मुख्य सडकमा ह्विलचियर चलाउँदै आफूजस्तै अपाङ्गता भएका साथीहरू गुडिरहेको देख्दा प्रनिल पनि यस्तै भइदिए हुने भनेर कल्पिनुहुन्थ्यो । ‘गौरिवास–काठमाडौं समाज र उपकार सेवाले हाम्रो सपना साकार पारिदिएको छ,’ उहाँले भन्नुभयो ।

प्रनिल र दिलबहादुर जस्तै सन्दीप वाइवा, दीपा जोशी, रामकिसन महतो, भोटे बम्जन, मनमाया, अशोक सिंताङ्ग, विष्णुमाया र अम्बिका थिङ्गले ह्विलचियर पाउनुभयो । नगरभरीका १० जनाले ह्विलचियर पाएपछि अभिभावकहरू समेत खुसी हुनुभउको छ । 

‘शरीरिकरूपमा अपाङ्गा भोगिरहेकाहरूको मार्कालाई मध्यनजर गर्दै ह्विलचियर प्रदान गर्ने निर्णय गरेका हौँ ।’ गौरीवास–काठमाडौं समाजका अध्यक्ष कृष्ण घिमिरेले भन्नुभयो । 
सर्पले डसेका बिरामी र अन्य रोग तथा इमर्जेन्सी उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबासलाई समेत समाजले एम्बुलेन्स प्रदान गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : १७ बजे