डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ  ।

त्यस्तै, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ३९ बजे