डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कास्कीको धम्पुस केन्द्र भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प 

कास्की । गण्डकी प्रदेशको राजधानी  पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । 

धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठुलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : ०८ बजे