अमेरिकाले सिगरेटमा निकोटिनको मात्रा घटाउने 

न्युयोर्क – अमेरिकाले सिगरेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ ।  यसका लागि  सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ । चुरोटमा  सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौं जीवन बचाउन सकिने र  यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट अब लत र दुर्बल रोगहरूको लागि जिम्मेवार हुनेछैन् । 

निकोटिन यस्तो रसायन हो, जसले लाखौंलाई सुर्तीजन्य उत्पादनहरूमा जोड्छ । सुर्तिजन्य पदार्थमा हुने अन्य हजारौँ रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ ।

यद्यपि युरोपको तुलनामा अमेरिकामा धुम्रपान कम प्रचलित र घट्दै गए पनि रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो देशमा प्रति वर्ष ४ लाख ८० हजार मृत्युमा जिम्मेवार छ । सीडीसीको तथ्यांकअनुसार सबै अमेरिकी वयस्कहरूको लगभग १३ दशमलब ७ प्रतिशतले चुरोट पिउँछन् । चुरोटमा  निकोटिनको मात्रा घटाउने सबाल अमेरिकी अधिकारीहरूबीच वर्षौंदेखि चर्चाको विषय बनेको छ ।

सीडीसीका अनुसार धुम्रपानको कुल आर्थिक लागत प्रति वर्ष ३ सय अर्ब डलरभन्दा बढी छ ।

एजेन्सी
 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ४६ बजे