मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ

बारा । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट फतुवा बिजयपुर नगरपालिका–९ टोल लक्ष्मीनिया बस्ने २५ वर्षीय अरूण चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।  कलैया उपमहानगरपालिका–४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२–०३–०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको हो । 

उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरीले चौधरीलाई चोरी भएको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको   हो । 

उनलाई उपर चोरी मुद्दामा जिल्ला अदालत बाराबाट  ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसनधान भइरहेको छ । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : ४४ बजे