सिसडोलबासी र काठमाडौं महानगरबीचको वार्ता सफल, आजबाटै फोहोर उठने

काठमाडौं । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।  फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएपनि सहमति हुन सकिरहेको थिएन । तर आजभएको छलफलमा उनीहरुका माग सम्बोधनका गर्ने प्रमुख शाक्यले प्रतिबद्धता व्यक्त गरेपरि फोहोर उठने भएको हो । सिसडोलबासीहरुले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्नगई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका थिए।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : २१ बजे