प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९७ हजार ३०० मा आएको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।     

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । 

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ४४ बजे