दोर्दी खोला जलविद्युत कम्पनीको आइपिओ बाँडफाँट

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीको आइपिओ आज बाँडफाँट भएको छ । 

यसमा गोला प्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरूले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । 

यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आइपिओ जारी गरेको थियो । जसमध्ये एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, दोर्दी खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : १७ बजे