अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

काबुल । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । 

अफगानिस्तान र पाकिस्तानका केही भागमा आज बिहान  ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । 

दक्षिण पूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

भूकम्प इस्लामवाद र देशका अन्य भागमा महसुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । 

पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरू चिच्याउँदै घरबाहिर निस्केका थिए । तर, क्षतिको विवरण सार्वजनिक भएको छैन ।

भूकम्प  भारतका केही भूभागमा महसुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ ।एजेन्सी 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : २६ बजे