दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बैङ्किङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

भक्तपुर । बैङ्किङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्य विनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । 

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मङ्गलवार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 

घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैङ्क खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैङ्किङ कसुर गरी फरार रहेका थिए । पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : २१ बजे