दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रग्बी शृंखलाः नेपाल दुवै खेलमा पराजित

काठमाडौँ । नेपाल वङ्गबन्धु बङ्गलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मङ्गलवार पराजित भएको छ । 

रग्बी सेभेनको दुई खेलको शृङ्खला नेपाल २–० ले गुमाएको हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २०–० स्कोरले पराजित भयो । मंगलबार दिउँसो १२ः०० बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोस्रो हाफमा १०–१० स्कोर खान पुगेको थियो ।

बङ्गलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो । प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्‍याउने) बाट ५ स्कोर दिइन्छ । बङ्गलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १/१ ट्राई गरेका थिए ।

दोस्रो खेल नेपाल १९–० ले पछि पर्यो । पहिलो खेलको तुलनामा खेलाडीहरुले स्तरीय प्रदर्शन गरेका थिए । बङ्गलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे । नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो ।

उनले खेलमा पराजय भोगेपनि खेलाडीहरुले राम्रो मेहनत गरेको बताए । क्षेत्रीले भने– ''काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर पर्यो । त्यसैले सोचे जस्तो परिणाम आएन ।''

नेपालले आज रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८  मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

चार खेलाडीको डेब्यु
​​​​​​​चार खेलाडीहरुले रग्बी ७ मा डेब्यु गरेका छन् । पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरेका हुन् ।

पुजन सुरुआती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए । दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाए । उनी कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : १७ बजे