डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

१० वर्षे माओवादी युद्धको औचित्य अझै पुष्टि हुन सकेन :अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी र्गुभएको छ ।

मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उहाँले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताउनुभयो । 

‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्न्ने अझै टुंगोमा पुगेको छैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । (गणतन्त्र घोषणा) गणतन्त्र दिन्छु भनेर गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’ 

पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको बताउनुहँदै उहाँले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताउनुभयो। 
 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : २४ बजे