वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । 

अध्यक्ष अधिकारीलाई केहि दिन पहिले संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गालीगलौज गर्नुका साथै हातपात समेत गरेका थिए ।  मन्त्रालयले उनलाई थप स्पष्टीकरण समेत सोधेको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ३५ बजे