तीन प्रदेशमा वर्षाको सम्भावना

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते हुनुभएको छ ।  

मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहनुभएको छ । गम्भिर घाइते हुनुभएका कुसुमलाललाई उपचारको लागी विराटनगर स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । 

घाइते हुनुभएका मोटरसाइकल पछाडी सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : ०८ बजे