बुटवलको तिनाउ नदीमा शव फेला

रुपन्देही । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । 

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । 

शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताउनुभयो ।
 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ०९ बजे