दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एन्फाको आगामी चार वर्षे कार्यकालका लागि आज निर्वाचन हुँदै, कर्मा र पंकजको कडा प्रतिस्पर्धा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि आज निर्वाचन हुँदै छ । 

बुढानीलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।

आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । यस्तै, फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा हुनुहुन्छ। 

चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । 

२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल सङ्घ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक सङ्घहरू गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् । जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री सङ्घले पनि एक एक मताधिकार पाएका छन् । 

चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पङ्कज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाँक्न  आउनुभएको  थियो । तर दुवै समूह विभाजन हुँदै यस पटक एक अर्का विरुद्ध लड्दै छन् । चुनावी साधारण सभा बिहान ९ः०० बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ०० बजे