युक्रेनले लगायो रुसी सङ्गीतमा प्रतिबन्ध

किभ । युक्रेनको संसद्ले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी सङ्गीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । 

यो प्रतिबन्ध सबै रुसी सङ्गीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रुसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको सङ्गीतसँग सम्बन्धित छ । तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन दिन सक्छन् । त्यस्तै रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि संसद्ले प्रतिबन्ध लगाएको छ । 

पूर्वी र दक्षिण युक्रेनका क्षेत्रहरूमा बसोबास गर्नेहरू मध्ये धेरैले ऐतिहासिक रूपमा रुससँग बलियो सम्बन्ध महसुस गरेका छन् । त्यस क्षेत्रका प्रायः मानिसको पहिलो भाषा रुसी भाषा हो । तर, युक्रेनमा रुसी हमलाले धेरै युक्रेनहरूलाई रुसी  संस्कृतिबाट अलग गर्न खोजेको छ । 

आइतबार सांसदहरूले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रुसी सङ्गीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।एजेन्सी

 

 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : ३८ बजे