एकै पटक पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले मूल्य बढ्यो

​​​​​​​काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२:००  बजेदेखि लागु हुने डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

एकै पटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत् रहेको छ ।

निगमका अनुसार आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री  मूल्यमा रु.२१ ले वृद्धि गरी प्रति लिटर रु.१९९ र डिजेल र मटितेल साबिकको खुद्रा बिक्री मूल्यमा रु.२७ वृद्धि गरी प्रति लिटर रु.१९२,  हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । हवाई इन्धनको बाह्यतर्फ  अमेरिकी डलर १००  वृद्धि गरी प्रति किलो लिटर अमेरिकी डलर  १.६१४ कायम गरिएको छ।

त्यस्तै, एलपी  ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २५ बजे