जनकपुरका उपमेयरमाथि जुत्ता प्रहार र हातपात

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार र हातपात भएको छ ।

अतिक्रमण गरिएको जग्गा खाली गराउन चासो नदेखाएको भन्दै जनकपुरधाम–२३ बेलाका स्थानीयले  साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् । बेलामा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूले प्लटिङ गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ । साेही बारेमा ज्ञापनपत्र बुझाउन भन्दै आएका उनीहरूले  उपमेयर साहलाई कुटपिट समेत गरेका छन् ।  उपमेयरमाथि एक महिलाले जुत्ता प्रहार गरिन् भने अन्य व्यक्तिहरूले कुटपिट गरेका हुन् । आक्रोशित समूहले घुस लिएर काेही नबोल्ने गरेको आरोप लगाए । 

उपमेयर साहमाथि आक्रमण गरिएपछि नगर प्रहरी र नेपाल प्रहरीले उनलाई जोगाएको छ । 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : १५ बजे