वर्षौंसम्म चल्ने युक्रेन युद्धलाई सहयोग गर्न तयार हुनुपर्छ : नेटो प्रमुख

मस्को । पश्चिम देशहरू युक्रेनलाई वर्षौंसम्म चल्ने युद्धमा सहयोग जारी राख्न तयार हुनुपर्ने नेटोका प्रमुखले चेतावनी दिनुभएको छ । महासचिव जेन्स स्टोल्टनबर्गले युद्धको लागत उच्च रहेको तर मस्कोलाई आफ्नो सैन्य लक्ष्य हासिल गर्न दिनुको मूल्य अझ ठूलो भएको बताउनुभयो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दीर्धकालीन युद्धका लागि तयार हुनुपर्ने बताइरहेका बेला नेटो प्रमुखको भनाइ सार्वजनिक भएको हो । युक्रेनलाई बढी हतियार उपलब्ध गराएमा युक्रेनका लागि जित हुने जोनसन र स्टोल्टनबर्ग दुबैले बताएका छन् । 

‘युद्ध  लाग्न सक्ने तथ्यका लागि तया हुनुपर्छ । हामीले युक्रेनलाई समर्थन गर्न छोड्नु हुँदैन’ नेटो प्रमुखले जर्मन पत्रिका बिल्डसँगको एक अन्तर्वार्तामा भन्नुभयो।
 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : १५ बजे