झापा । व्यवसायी दुर्गा प्रसाईले दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले उपहारको रुपमा दिनुभएको ‘सुनको लौरो’ राज्यलाई दिने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले दुबईका राजकुमारले दिएको लौरो सुनको भनेर चर्चा भइरहँदा त्यसबारे आफू अनभिज्ञ रहेको बताउदै उपहार के काे हाे भनेर साेध्ने कुरा नभएकाे बताउनुभयाे ।
‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि के को हो सोध्ने कुरो भएन’ पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु। एयरपोर्टमा लिएदेखि हेरेको पनि छैन’, उहाँले भन्नुभयो ।
उहाँले अरु नेताहरु जस्तो आफू विदेशमा पैसा लुकाउँदै हिँड्ने मान्छे नभएको पनि बताउनुभयो । ‘अरु कसैले लौरो पाएको होइन बिजनेस पार्टनर पनि रहेका दुबईका राजकुमारले दिएको लौरो राज्यलाई दिन मलाई कुनै समस्या हुँदैन।’प्रसाईले भन्नुभयो ।
धेरैतिरबाट लौरो लौरो भनेर आइसकेपछि आफुले यस बारेमा गृहमन्त्रीसँग कुरा गरेर राज्यलाई चाहिन्छ भने दिन्छु भनेर भनेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : ५ असार २०७९, आइतबार २ : ०९ बजे
प्रतिक्रिया