तीन प्रदेशमा वर्षाको सम्भावना

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईँको घोषणा 

झापा । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स दुबईमा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । 

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो । 

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले भन्नुभयो, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ दुबई मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौँ।’

नेपाल भ्रमणमा रहनुभएका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबिच यस विषयमा आपसी समझदारी पनि भएको उहाँको दाबी छ ।

अधिराजकुमारलाई प्रसाईको उपहार मार्सी चामल, पानि, नेपाली सिरुपाते खुकुरी

नेपालको तिन दिने भ्रमणमा रहेका दुबईका अधिराजकुमार शेख जुमा अल मुक्तुमले आज बिर्तामोडमा रहेको दुर्गा प्रसाईँद्धारा संचालति बि एन्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारीक भ्रमण गर्नुभएको छ ।  भ्रमणका क्रममा अस्पताल पुग्नुभएका अधिराजकुमारलाई प्रसाईँले स्वागत गर्दै नेपालमै उत्पादित मार्सी चामल, सिरुपाते नेपाली खुकुरी, हिमालको पानी, यार्सागुम्बा सिलाजित लगायतका बस्तु उपहार स्वरुप हस्तान्तरण गर्नुभएको छ । मार्सी चामलको ब्राण्डनै बनाउनुभएका प्रसाईँले विश्वमा नेपाल भनेर चिनाउने बस्तुहरू प्रदान गर्नुभएको हो । 

अधिराजकुमारले अस्पतालको भ्रमण गरी नेपालमै पहिलो पटक सञ्चालनमा आउन लागेको पेट सिटी स्क्यान मेसिनको समेत उद्घाटन गर्नुभएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ५७ बजे