डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडक खण्ड अवरुद्ध

तनहुँ  । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।

खहरे खोलामा आएको बाढीले तीन वटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । 

आइतबार बिहानको अविरल वर्षापछिको बाढीले  ह्युमपाइपमा क्षति पुर्‍याएको थियो ।  

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठुला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ५३ बजे