डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध 

फुङ्लिङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । 

निरन्तर वर्षा र तुवाँलोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।

बाक्लो तुवाँलो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । 

पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ ।

प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो । मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेसन इन्चार्ज लिम्बूले बताउनुभयो । 

निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधवार र शुक्रवार तीन दिन काठमाडौँ–ताप्लेजुङ  नियमित उडान तालिका रहेको छ । तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्ष रूपमा यात्रुलाई मार परेको छ ।रासस

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ५६ बजे