जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जाजरकोट । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापानी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिवार साँझ भएको सो दुर्घटनामा  मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का  छन् । जिपमा चालक र सहचालक  मात्र रहेको जनाइएको छ । 

प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।रासस 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ०९ बजे