भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरे

धादिङ । किसानहरुले धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के मा दुई ट्रक  रासायनिक मल कब्जामा लिएर लएका छन् ।  भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केका स्थानीय किसानले कब्जा गरेका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा रहेको ट्रकलाई  राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले नियन्त्रणमा लिई मल लुटेका हुन् । 

व्यापारीहरूले भन्सार छली मल ल्याएर धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको थिए । 
विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ‘लुट्न लगाएको’ किसानहरूले बताएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : १५ बजे