इक्वेडरका तीन प्रदेशमा संकटकाल घोषणा

क्युटो । इक्वेडरका तीन प्रदेशमा शुक्रबार सङ्कटकाल घोषणा गरिएको छ ।

राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्कटकालको घोषणा गर्नु भएको हो । 

उहाँका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्कटकाल घोषणा गर्नु परेको हो ।

पछिल्लो पाँच दिनमा त्यस क्षेत्रमा धेरै हिंसात्मक घटनाहरू भएकाले सङ्कटकाल लगाउनु पर्ने वाध्यता आइपरेको उहाँको भनाई छ ।

सङ्कटकाललाई प्रभावकारी बनाउन स्थानीय समय अनुसार हरेक दिन राती १० बजेदेखि बिहान ५ बजेसम्म कफ्‌र्यु आदेश पनि जारी गरिएको छ ।

दक्षिण अमेरिकी यस मुुलुकमा लामो समयदेखि स्थानीय आदिवासी समुह र राज्य पक्षका बीचमा द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : १५ बजे