सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुत्नुभएका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति : ४ असार २०७९, शनिबार १ : १२ बजे
प्रतिक्रिया